Uncategorized

वायुसेवा निगममा कर्मचारीले लगाएकाे ताला प्रहरीले खाेल्याे

काठमाडौं ।नेपाल वायुसेवा निगमको कार्यालयमा कर्मचारीले लगाएकाे ताला प्रहरीले खाेलेकाे छ।निगमको संरचना परिवर्तन गर्न प्रकृया अगाडि बढाएकाे भन्दै आन्दाेलित कर्मचारीहरुले कार्यालयमा शुक्रबारदेखि लगाएकाे ताला  प्रहरीले संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे निर्देशनमा आज खाेलेकाे छ।       ुुुुुु            कम्पनी माेडलमा संचालन गर्नुपर्ने अवस्थामा प्रयाेग हुने प्रवन्धपत्र,नियमावलीकाे ढाँचा तयार गरी असार १५गतेभित्र पेश गर्नु भनेअनुसार संचालक समितिले एक उपसमिति तयार गरी साे उपसमितिले तयार गरेकाे रणनैतिक साझेदार सहितकाे ढाँचा हुबहु मन्त्रालयमा निगमले पेश गरेपछि कर्मचारीहरु आन्दालित बन्दै आएका थिए। तालाबन्दी खाेलिएसँगै निगमका कर्मचारीहरुले प्रहरीले जवर्जस्ती ताला खाेलेकाे भन्दै विराेधमा उत्रिएका छन्।

Comment here