Uncategorized

विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौं । काेराेना महामारीका कारण नेपालमा राेकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ।अधिकांश जिल्लामा काेराेना दाेस्राे लहरकाे कारण निशेषाज्ञा लागु हँदा र नियमितरूपमा हुँदै आएकाे अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा राेकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको हाे।गत बैशाख १५गतेसम्म प्रवेशाज्ञाकाे अवधि भएका पर्यटकका लागि यही असार ३१गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको अध्यागमन विभागले एक सूचना जारी गर्दै जनाएको छ।विभागकाे सूचनामा उल्लेख भए अनुसार बैशाख १५गतेसम्म नेपालकाे वैध प्रवेशाज्ञा भएका र असार ३१गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीकाे हकमा निजकाे प्रस्थानमा समयमा नै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ।                                                    प्रवेशाज्ञाकाे अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक पाँच डलर जरिवानाबापत शुल्क लाग्छ।प्रचलित अध्यागमन कानुनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञामा  बर्षमा पर्यटकले १५०दिनसम्म बस्न सकिने व्यवस्था रहेको भएपनि निशेधाज्ञाकाे अवधि गणना नगर्ने साविककै सूचना अनुसार बस्न पाउने अवधि २१०दिन कायम गरिएको छ।                                                                      विभागकाे सूचना अनुसार नेपालमा आफ्नाे बसाइ थप गर्नका लागि असार २५गतेदेखि आवेदन गर्ने र आगामी साउन १गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क ,विलम्ब शुल्क र जरिवाना लाग्नेछ ।पछिल्लो पटक असार २१गतेकाेे मन्त्रिपरिषद् बैठकले सबै अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय लिएकाे थियाे।आजदेखि विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा ५३उडान खुला भएका छन् ।

Comment here