Uncategorized

शिवपुरीकाे क्राउन फायर नियन्त्रणमा

काठमाडौं ।काठमाडौं उपत्यका भित्रकाे शिवपुरी -नागार्जुन राष्ट्रिय निकुञ्जमा अाईतवार लागेकाे डढेलाे नेपाली सेना ,निकुञ्ज प्रशासन ,प्रहरी ,सशस्त्र प्रहरी बल र जुद्ध बारुणयन्त्रकाे सम्युक्त प्रयाशबाट जमिन सतहकाे डढेलाे (बुस फायर )नियन्त्रणमा लिईएकाे हाे।निकुञ्ज क्षेत्रकाे बुढानिलकण्ठ नगरपालिका -२ तैलुङबाट सल्किएकाे डढेलाे जमिन छाेडेर माथिबाट डढेलाे (क्राउन फायर) फैलिएकाले जमिनबाट नियन्त्रण गर्न कठिन देखिएपछि “क्राउन फायर ” नियन्त्रण गर्न राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले हेलिकप्टरकाे खाेजिगर्ने सिलसिलामा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पाेखरेलले सिम्रिक एयरका हेलिकप्टर चालक सिद्धार्थ राणालाई डढेलाे नियन्त्रणकालागि बम्वी बकेटसहित हेलिकप्टर लिएर फिल्डमा खटाएका थिए।करिब १हजार लिटर पानी अटाउने एक किसिमको ठूलो ट्याङ्की बाम्वीले २५पटक सुन्दरीजलस्थित मेलम्ची खानेपानी प्रशाेधन केन्द्रबाट पानी ओसारेर डढेलाे लागेको क्षेत्रमा खसालेपछि स्थल र हवाई माध्यमबाट भएका अथक प्रयासले डढेलाे अपरान्ह ५बजेतिर नियन्त्रणमा आएकाे हाे।                                        काठमाडौंबाट पूर्व चिसापानी देखि पश्चिममा ककनीसम्म फैलिएको याे निकुञ्जमा करिब ७हेक्टर क्षेत्रसम्म डढेलाे फैलिएको थियो ।शिवपुरी -नागार्जुन क्षेत्र चितुवा,बँदेल,हरिण,मृगलगायत संरक्षित वन्यजन्तुको वासस्थान हाे।                                                                   “क्राउन फायर” नियन्त्रण जाेखिमपूर्ण मानिन्छ।रामेछापको जङ्गलमा सन् २००९मा लागेकाे यस्तै डढेलाे नियन्त्रणमा खटिएका १३सैनिककाे जलेर ज्यान गएकाे थियो ।ताप्लेजुङको धार्मिक पर्यटकीयस्थल पाथिभरानजिकै फावाखाेलाकाे सिम्बु र सिकैचा क्षेत्रकाे बनमा लागेको डढेलाे निभाउन पनि बाम्वीबाट पानी खसालिएकाे भने अहिले शिवपुरी -नागार्जुनकाे डढेलाे निभाउनकाेलागि करिब दुई घण्टा पानी ओसारेर खन्याईएकाे हाे।

Comment here