Uncategorized

सगरमाथामा एक पटकमा १७०जनामात्रै चढ्न पाउने

काठमाडौं ।अबदेखि सगरमाथा एक पटकमा १७०जनामात्रै चढ्न पाउने ब्यवस्था पर्यटन विभागले गरेको छ।हिमशिखर आराेहणलाइ ब्यवस्थित बनाउन अनुमतिपत्र नम्बरकाे आधारमा चढ्ने ब्यवस्था गरेकाे जनाइएको छ।अनुकुल माैसमकालागि सगरमाथामा डाेरी पुगेको मितिबाट सुरुभएकाे आराेहण अनुमतिपत्रकाे आधारमा १५०देखि १७०जनाकाे संख्यामा चढ्न पाउने सूचना जारी गरेको छ।जारी साे नियम अनुसार अनुमतिप्राप्त ब्यक्तिकाे आराेहणमा सहज अवस्था सृजना हुने भएमा सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा १७०काे संख्या नबढ्नेगरी आराेहण गराउनुपर्नेछ ।त्यस्तै कुनै एक हिमाल आराेहण गरेर वा कुनै क्षेत्रमा पदयात्रा गरी फर्किएका पर्यटकहरु अर्काे कुनै हिमाल आराेहणमा जाने भएमा अनिवार्य पीसीअार परीक्षण गरी नेगेटिभ प्रतिवेदन पेश गरेमा मात्र हिमाल आराेहण गर्ने अनुमतिपत्र उपलब्ध गराउन सकिने पनि जनाइएको छ।त्यसैगरी अनुमतिप्राप्त मार्गमा यात्रारत रहँदा ,आधार शिविरमा बस्दा र साे भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा आफ्नाे समुहमा मात्र रहने,भीडभाड नगर्ने प्रवन्ध सम्बन्धित स्थानीय आराेहण ब्यवस्थापन गर्ने एजेन्सी र पर्वतीय पथप्रदर्शकले मिलाउनु पर्ने उल्लेख गरिएको छ।यस बर्षकाे बसन्त ऋतुकाे लागि अप्रिल २०सम्म ३सय ७१जनाले आराेहण अनुमति पाइसकेका छन्।

Comment here