Uncategorized

सगरमाथामा ४०८जना आराेहीले अनुमति प्राप्त

काठमाडौं ।काेराेनाकाे दाेस्राे चरणकाे महामारीबीच जारी यस बर्ष बसन्त यामकाे सर्वाेच्च शिखर सगरमाथा आराेहणमा हालसम्मकै बढी आराेहीले आराेहण अनुमति लिएका छन्।पर्यटन विभागले आज जारी गरेकाे हिमाल आराेहणकाे पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३आराेही समुहका ४०८आराेहीले अनुमति लिएको विभागकाे पर्वतारोहण शाखाले जनाएको छ।यसमा ९३महिला र ३१५पुरुष छन्।यस सिजनमा सगरमाथाका ४३आराेही समूह सहित अन्य हिमालका ८५आराेही समूहका ७४२आराेहीले आराेहण अनुमति लिएका छन्।सगरमाथापछि सबैभन्दा बढी ल्हाेत्से हिमाल आराेहणका लागि १४आराेही समुह छन् भने धाैलागिरिका पाँच र अन्नपूर्ण हिमालका चार आराेही समुहले आराेहण अनुमति पाएकाे पर्यटन विभागले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ।                                                                      बसन्त यामकाे हिमाल आराेहणबाट हालसम्म रु.७१कराेड ४८लाख भन्दा बढी राजस्व संकलन भएकाे मध्ये सगरमाथाबाट मात्रै ६६कराेड बढी राजस्व जम्मा भएकाे छ।काेराेनाकाे दाेस्राे लहरकाे महामारीबीच संचालन भइरहेकाे पर्वतारोहणले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथसाथै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश पुगेकाे विश्वास गर्न सकिन्छ ।अहिले अधिकांश आराेही सगरमाथाकाे आधार शिविर पुगिसकेका छन् र चुचुरासम्म बाटाे बनाउने आइसफल डाक्टर अहिले सगरमाथाकाे क्याम्प चारमा पुगिसकेका छन्।माैशमले साथदिए यसै सातादेखि सगरमाथाकाे आराेहण हुने पर्यटन विभागकाे भनाइ पाइएकाे छ।

Comment here