Uncategorized

सगरमाथा पुरस्कार घाेषणा

काठमाडौं ।काेराेना महामारीका कारण दुई बर्षदेखि राेकिएकाे “सगरमाथा पुरस्कार र तेन्जिङ -हिलारी पुरस्कार “का लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार ९जना आराेहीकाे नाम चयन गरेकाे छ।पर्यटन विभागका निर्देशक मिरा आचार्यका अनुसार पुरस्कार समितिकाे सिफारिसका आधारमा लामाे समयसम्म ‘सबैभन्दा कान्छाे आराेही ‘काे रेकर्ड कायम राख्न सफल शम्भु तामाङलाई सन् २०२०का लागि र सन् २०२१का लागि सर्वाधिक सगरमाथा आराेहण गर्ने कामीरिता शेर्पालाई १लाख राशिको सगरमाथा पुरस्कार प्रदान गरिनेछ ।१७बर्षकाे उमेरमा सगरमाथा आराेहण गरेका तामाङकाे रेकर्ड २९बर्षपछि सन् २०२१मा तेम्वाछिरी शेर्पाले ब्रेक गरेका थिए।त्यस्तै कामीरिता शेर्पाले यसै बर्षकाे वसन्तकालीन याममा २५ओेेै पटक सगरमाथा आराेहण गर्दै आफ्नै २४ओेे पटकको विश्व रेकर्ड ब्रेक गरेका थिए।                                                                      त्यसैगरी ५०हजार राशिको तेन्जिङ -हिलारी पुरस्कार ७जना आराेहीलाई प्रदान गरिने भएकाे छ।जस अन्तरगत सन् २०१९अघिनै विश्वका ८हजार मिटर अग्ला १४वटा हिमाल आराेहण गरीसकेर पुनः दाेस्राे पटक यी हिमाल आराेहणमा लागिरहेका सानु शेर्पालाई सन् २०२०काे तेन्जिङ -हिलारी पुरस्कार प्रदान गरिने भएकाे छ।एकै सिजनमा एकै साथ सगरमाथा आराेहण गर्ने विश्वकै पहिलो दम्पती आङदावा शेर्पा र पासाङ फुटी शेर्पा र ३७बर्षकाे उमेरमा २२पटक सगरमाथा आराेहण गरिसकेका ङिमा नुरु शेर्पाले पनि २०२०काे तेन्जिङ -हिलारी पुरस्कार पाउने भएका छन्।सन् २०२१काे तेन्जिङ -हिलारी पुरस्कार दाेलखाका मिङमा ग्याल्जे शेर्पा ,फुन्जाे जाङ्मु लामा र सर्मिला लामालाई दिइने भएकाे पर्यटन विभाग सुत्र बताउँछ ।

Comment here