Uncategorized

सगरमाथा बेसक्याम्पमा बिनाअनुमति प्रवेश निषेध

काठमाडौं ।आराेहण गर्न गएकी एक १९बर्षिय युवती बेस क्याम्पमा बिरामीभई काठमाडौंमा उपचार गर्न ल्याएपछि काेराेना संक्रमण पुष्टि भएपश्चात बेस क्याम्पमा आराेहीकाे लागि सावधानी अपनाउन थालिएको खवर प्राप्त भएकाे छ।हेलिकप्टरबाट उपचारार्थ काठमाडौं ल्याईएकी ती संक्रमित महिला कुन हिमाल आराेहण गर्न गएकाे प्रष्ट जानकारी प्राप्त नभएतापनि उनका अन्य साथी बेस क्याम्पमा क्वारेन्टाइन बनाएर बसिरहेको थाहा हुन आएकाे छ।काेराेना संक्रमण फैलिन थालेपछि आराेहीलाई बेस क्याम्पमैं सुरक्षित क्वारेन्टाइन निर्माण गर्न थालिएको र महामारी नफैलियाेस् भनेर बेस क्याम्पमा बाहिरका मानिसलाई प्रवेश निषेध गरी पूर्णरूपमा सावधानी अपनाइएको समाचार सुत्र बताउँछ ।                                     बेस क्याम्पमा तीनवटा हिमाल सगरमाथा,ल्हाेत्से र नुप्सेका लागि आराेहण गर्न आराेहीहरु जाने गरेको बुझिन्छ ।यस सिजनमा सगरमाथा चढ्नका लागि ३सय ७७आराेहीले अनुमति लिएकामा धेरै आराेही बेस क्याम्प पुगिसकेका र केहि भने पुग्ने क्रममा बाटाेमा रहेको पर्यटन विभाग स्राेेत बताउँछ ।

Comment here