Uncategorized

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै काठमाडौंमा रेल ल्याउन चीन इच्छुक

काठमाडौं । बहुप्रतिक्षित नेपाल – चीनबीचकाे रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले प्रस्ताव गरेको छ।३०किलोमिटर सुरुङ निर्माण हुने साे रेलमार्ग अन्य भूभागबाट लैजान कठिन रहेकाे चिनियाँ प्राविधिकलाई उध्दृत गर्दै हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पाेष्टले सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग बनाउन सुझाव दिएकाे बारे समाचार लेखेको छ।                     वातावरण संरक्षित क्षेत्रमा ठूला परियाेजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ।दुबै मुलुककाे एक हजार किलोमिटर लामाे सिमा हुँदै रेलमार्ग बनाउन ६वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनाैट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्याैलमा रहेकाे अवस्थामा प्रस्तावित रुटमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै सुरुङ निर्माण गरेर रेलमार्ग लैजाने बिषयमा बहस केन्दित भएकाे सिआरआई नेपाली सर्भिसकाे अनलाइनमा खबर छ।                चीनकाे स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३०किलोमिटर लामाे सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ।सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्ष्टिच्युट ग्रुपका वरिष्ठ ईन्जिनियर लियाङ दाेङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेकाे उक्त अखबारलाई बताएका छन्।उक्त रेलमार्गले नेपालकाे राजधानी काठमाडौंबाट सिमाबर्ती सहर केरुङ हुँदै चीनकाे तिब्बतको सिगाछे सहरलाई जाेड्छ।५१३किलोमिटर लामाे उक्त रेलमार्ग निर्माणमा ८.२७बिलियन अमेरिकी डलर खर्च हुने इन्जिनियर लियाङले बताएका छन्।उक्त रेलमार्गले नेपालकाे अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ।विज्ञ प्राविधिकहरुले तयार पारेको उक्त ढाँचा र लागतसहितकाे प्रतिवेदन चीन र नेपाल सरकारलाई बुझाउने तयारी भ‌ैरहेकाे छ।सन् २०१६मा नेपाल र चीनले बेल्ट एण्ड राेड एनिसिएटिभ अन्तरगत रेलमार्ग निर्माणमा सम्झाैता गरेका थिए।

Comment here