Uncategorized

सफा हिमाल अभियानमा नेपाली सेना

काठमाडौं ।सरकारकाे “सफा हिमाल अभियान”अन्तरगत नेपाली सेनाकाे नेतृत्वमा ६वटा हिमालकाे सफाई गरिने भएकाे छ।६वटा हिमालहरु एकैसाथ पहिलोपटक सफाई गर्न लागिएको यस अभियानमा सगरमाथा,ल्हाेत्से,पुमाेरी,आमादब्लम,मकालु र धाैलागिरि हिमालकाे सफाई गर्नकाे लागि नेपाली सेनाकाे टाेली राजधानीबाट हिंडिसकेकाे बताइन्छ।                             सगरमाथा प्रदूषण नियन्त्रण समिति (एमपीसीसी)संगकाे सहकार्यमा सन् २०१९मा नेपाली सेनाले सगरमाथाबाट १०टन फाेहर र ४वटा शव संकलन गरेकाे थियो ।यस बर्ष नेपाली सेनाले ह्याण्डलिङ एजेन्सीका रुपमा पिक प्रमाेसन प्रा.लि.लाइ छनाेट गरेको बुझिन्छ ।हिमाल सफाईका लागि विगतका बर्षहरुमा वन तथा वातावरण मन्त्रालयले बजेट विनियोजन गरेपनि खर्च हुन नसकि फर्कने गरेकाे परिप्रेक्ष्यमा यस बर्ष सेनालाई ६वटा हिमाल सफाइ अभियानका लागि साेझै १०कराेड रुपैयाँ उपलब्ध गराइएको बुझिन्छ ।सरकारले उपलब्ध गराएको १०कराेड रुपैयाँ सहित सेनाले बिभिन्न स्रोत जुटाएर कुल १२कराेड ५५लाख रुपैयाँमा यस अभियान अघि बढाएकाे छ।सेनाले साे ६वटा हिमाल सफाइ गर्न ४वटा टाेली बनाएर खटाएको नेपाली सेनाकाे स्रोत बताउँछ ।सगरमाथा,ल्हाेत्से र पुमाेरी सफाइका लागि १३जनाकाे टाेली खटाईएकाे छ भने आमादब्लम,मकालु र धाैलागिरि सफाईकाे लागि १०-१०जना गरी ३०जना सैनिक कार्यस्थल पुगिसकेको बताइन्छ।अघिल्लाेपटक सगरमाथा सफाई गर्दा आधार सिविर व्यवस्थापनमा मात्र सिमित रहेकाे सेनाकाे उपस्थिति यस बर्ष आधार सिविर ब्यवस्थापन र फाेहर उठाउने अन्तिम ठाउँसम्म अनुगमन गरी प्रमाणीकरण गर्ने जिम्मेवारी सेनाले लिएको बुझिन्छ ।फाेहर संकलन,रुट फिक्सिङ र हिमाल चढ्ने काम ह्याण्डलिङ एजेन्सीका रुपमा रहेकाे पिक प्रमाेसनका कामदारहरुले गर्ने बताईन्छ।                                                यस सफाइ अभियानमा नेपाली सैनिक ४३जना र शेर्पा ६९जना गरी १सय १२जना खटिएका छन्।यसबाहेक आराेहणबाट रित्तो फर्किने अन्य कम्पनीका शेर्पाहरुलाई पनि फाेहर संकलन गरी आधार सिविरमा ल्याएवापत फाेहाेरकाे परिमाण अनुसार पारिश्रमिक दिने व्यवस्था समेत गरेकाे बताइन्छ।बसन्तकालीन आराेहणकाे अन्तिम दिन मे २९सम्म सफाइ अभियानकाे टाेली आधार सिविरमै बसेर फाेहाेर संकलनमा खटिने पनि बुझ्नमा आएकाे छ।यस हिमाल सफाइ अभियानमा नेपाली सेनाका फाेकल पर्सन सेनानी आदित्य कार्की हुनुहुन्छ।

Comment here