Uncategorized

सुदुरपश्चिममा दिपायल-धनगढी र खाेटाङमा खानीडाँडा र थामखर्कमा आन्तरिक हवाई उडान सुरु हुँदै

काठमाडौं ।काेराेनाकाे कारण बन्द भएका आन्तरिक उडानहरु असार १७गतेबाट पुनः सञ्चालन भएसँगै सुदुरपश्चिमकाे दिपायल-धनगढी हवाई उडान तीन महिनापछि यही असार २२गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।दिपायल-धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एयरले उडान पुनः सञ्चालनका लागि तयारी गरेकाे बुझिएको छ।                                                                     त्यसैगरी खाेटाङ जिल्लाकाे प्रमुख व्यापारीक केन्द्रसमेत रहेको दिक्तेल बजारबाट सबैभन्दा नजिकपर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक मङ्गलबार र शुक्रबार तथा जिल्लाकाे दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा पनि हप्ताको दुई पटक बुधबार र शनिबार उडान भर्नेगरी नेपाल वायुसेवा निगमले कार्यतालिका सार्वजनिक गरेकाे छ।

Comment here