Uncategorized

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनकाे बाटो खुल्याे

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले पर्यटन क्षेत्रकाे विकासका लागि “सुदूरपश्चिम पर्यटन बिधेयक २०७७”लाई पारित गरेकाे छ।उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रस्तुत गर्नुभएको साे बिधेयकमाथिकाे छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद,देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिनुभएकाे थियाे।                                                               यस बिधेयक पारित भएपश्चात साईपल अपी,बडिमालीका,रामाराेशन,शुक्लाफाँट,खप्तड,घाेडाघाेडी ताल,पेटकाेट ताल,एशियाकै लामाे झाेलुङ्गेपुल दाेधारा चाँदनी,टीकापुर पार्क लगायत प्रदेश भित्रका पर्यटकीय स्थलहरुकाे संरक्षण ,पूर्वाधार विकास तथा प्रवर्द्धन गर्ने थप बाटाे खुलेको छ।

Comment here