Uncategorized

हवाईसेवा निषेधाज्ञामा पनि नियमित हुने

काठमाडौं । काठमाडौं उपत्यकालगायतका विभिन्न जिल्लामा आज बिहीबारदेखि निषेधाज्ञा लागू भएतापनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भने नियमित हुने भएकाे छ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित संचालन गरिने जानकारी दिनुभयाे।विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीकाे सहज आवागमनका लागि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको उहाँले बताउनुभएको हाे।                             निषेधाज्ञा हुने अघिल्ला तीनदिनमा काठमाडौं बाहिरिने र भित्रीने हवाई यात्रु ह्वात्तै बढेकाे र त्यसलाई मध्यनजर गर्दै वायुसेवा प्रदायक कम्पनीहरु बुद्ध एयर,यति एयरलाइन्स,श्री एयरलाइन्सलगायत कम्पनीहरुले आफ्नाे उडान संख्या थपेकाे जनाएका छन्।                                       निषेधाज्ञाका समयमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएतापनि आन्तरिक उडानतर्फ जहाजमा फेस सिल्डसहित मास्क,सेनिटाइजर अनिवार्य गरिएको छ भने प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाइ निसंक्रमित गर्नुपर्ने छ।चेक-इन बाेर्डिङ्ग,ब्यागेज क्लेम र प्रतिक्षालयमा हुने भीडभाडमा राेक लगाइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही मुलुकका लागि ट्रान्जिट विन्दु रहिआएकोमा ट्रान्जिटमा राेक लगाइएको सूचना जारी भएकाे छ।

Comment here