Uncategorized

हिमालहरुबाट २१,१६७किलाेग्राम फाेहर संकलन

काठमाडौं।नेपाल सरकारकाे सफा हिमाल अभियान कार्यक्रम अन्तरगत नेपाली सेनाको संयाेजनमा गठीत टाेलीले माउन्ट एभरेष्ट,ल्हाेत्से,मकालु,धाैलागिरी,पुमाेरी र आमादब्लम लगायतका ६वटा हिमालहरुबाट २१,१६७किलाेग्राम फाेहर संकलन गर्ने कार्य सम्पन्न गरेकाे छ।१३अप्रिल २०२१मा सुरु भएको यस अभियानमा नेपाली सेनाको नेतृत्वमा अनुभवी शेर्पाहरुसमेतकाे सहभागीता रहेकाे ११२जना सदस्यकाे टाेली गठन गरिएको थियो ।टाेलीले संकलन गरेकाे फाेहरहरुमा अक्सिजन ट्यांक ,टेन्टहरु,खाद्यान्न कन्टेनर ,प्लास्टिक ,ग्लास,एल्मुनियम,इलेक्ट्रोनिक फाेहरहरु रहेकाे बुझिन्छ ।यस बाहेक पहिला दुर्घटना भएकाे ९एन -एसीआर कलसाइनकाे हेलिकप्टर र दुई अलग अलग ठाउँहरुबाट पर्वतारोहण गियर सहित दुई मानव अवशेषहरु पनि धाैलागिरी टाेलीले रिट्राइभ गरेकाे र मृतककाे पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धान सुरु गरिएको बताइएको छ।                                                                    प्रकृति र वातावरणकाे संरक्षण गरि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु नै सफा हिमाल अभियानकाे लक्ष्य हाे।यस सफाइ अभियानमा स्थानीय सरकार,स्थानीय सराेकारवालाहरु र सबै सम्बन्धित साझेदारहरुकाे सकृय सहकार्य रहेकोतर्फ अौल्याउँदै हिमाल सफाइ अभियान -२०७८का मिडिया काेअर्डिनेटर लेफ्टिनेन्ट कर्णेल दिपक भण्डारी भन्नुहुन्छ-“६वटा हिमालहरु सफा गर्ने उद्देश्यले अभियानमा खटाइएका टाेलीले स्थानीय सरकारसँगको नजिककाे समन्वयमा समर्पणकासाथ फाेहर संकलन गर्ने कार्यमा लागिपरेका हुन्।हिमालयहरुकाे यात्रा पक्कै पनि कठिन हाे तथापि हाम्रो टाेली यस महान अभियानको हिस्सेदार भएकाे हुँदा हामी सकेसम्म धेरै फाेहरहरु उठाउन कटिबद्ध भएका हाैं।”                                                                                  सफा हिमाल अभियान बारे नेपाल पर्यटन बाेर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी यसरी व्यक्त हुनुहुन्छ -“हिमाल चढ्ने काम एक ठूलाे स्पाेर्ट हाे र धेरैले यसलाई जितेका छन्।यस अभियानले हाम्रा भावी पुस्ताका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेकाे सन्देश दिएकाे छ।नेपाल सरकार,नेपाली सेना र अन्य धेरै निजी साझेदारहरु हिमालयकाे सुरक्षाको लागि एकताबद्ध भएर जम्मा भएको देख्नु प्रकृति र वातावरण संरक्षणमा अत्यन्तै सुखदायी अनुभूति रहिरहनेछ

Comment here