Uncategorized

हिमाल पहाड र तराईलाई समेट्नेगरी पर्यटकीय गन्तव्य विकासमा पर्यटन बाेर्ड

काठमाडौं ।नेपाल पर्यटन बाेर्डले आगामी बर्षकाे बजेटसँगसँगै विश्वव्यापीरुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका ,क्यानाडा र ब्राजिलमा रहेका नेपाली राजदूतहरुसँग गत बुधबार भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे।उक्त कार्यक्रममा नेपाल पर्यटन बाेर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटकाे सिमिततालाई ध्यान दिंदै बाेर्डले काम गरिरहेकाे जानकारी दिनुभयो ।उहाँले नेपाललाई सबै उमेर समुह र सबै सिजनकाे पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएकाे भन्दै त्यसका लागि बाेर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यकाे विकासमा लागेको स्पष्ट पार्नुभयाे।                                   उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले छिमेकी मुलुक भारत र चीनबाहेकका मुलुकहरुका लागि पनि पर्यटन बाेर्डले छुट्टै प्रवर्द्धनात्मक कार्यक्रम आयाेजना गर्नुपर्ने बताउनुभयो ।क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले काेभिडकाे प्रभाव कम भएसँगै क्यानाडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेकाे उल्लेख गर्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिंदै बाह्य पर्यटकलाई आकर्षित गर्नुकाे साथसाथै उनीहरुको आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेकाे र यसमा बिभिन्न सराेकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिनुभयो ।त्यस्तै ब्राजिलका लागि नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन भरत खनालले नेपालकाे पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताउनुभयो ।त्यसैगरी न्यूयाेर्कस्थित नेपाली महाबाणिज्य दूतावासका कार्यकारी कन्सुल जनरल बिष्णुप्रसाद गाैतमले न्युयोर्कबाट नेपाल जाने पर्यटककाे संख्या विगतका बर्षहरुमा बढ्दै गइरहेको सन्दर्भमा नेपालका बारेमा सही सूचना प्रवाह गर्नसके यसलाई निरन्तरता दिनसकिने उल्लेख गर्नुभयो ।                                  बाेर्डले यसअघि काेभिड महामारीबीच पनि नेपालकाे पर्यटन प्रवर्द्धनका लागि के-कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व,उत्तरपूर्वी एशिया र युराेपका विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे थियाे।

Comment here