Uncategorized

२५सिटभन्दा माथिका सार्वजनिक सवारी जाेरबिजाेरकाे आधारमा चल्न पाउने

काठमाडौं । भाेली असार १५गतेदेखि २५सिटभन्दा माथिका सार्वजनिक सवारी साधन चल्न पाउने भएकाछन्।जनस्वास्थ्यका मापदण्ड अपनाएर भाेली असार १५गतेदेखि जाेरबिजाेरकाे आधारमा ठूला बसहरुलाई चल्न दिने निर्णय भएको हाे।काठमाडौं ,ललितपुर ,र भक्तपुरका सीडीओहरुकाे साेमबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।                                           काेराेना संक्रमण बढेपछि गत बैशाख १६गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो र यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिंदै थियाे।संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको हाे।काठमाडौं उपत्यकाका सीडीओहरुकाे बैठकले  निषेधाज्ञा एकसाता थप गरिएको निर्णय गरकाे छ।

Comment here